हिपमत डटकम
काठमाडौं ,१८ माघ :सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो ।हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ । “नेपालीलाई ल्याउन जहाज चार्टर्ड गर्नका लागि काम भइरहेको र निश्चित हुनासाथ सोसम्बन्धी विवरण तत्काल उपलब्ध गराइने छ”, विज्ञप्तिमा भनिएको छ ।दूतावासले आफ्नो वेबसाइटमा एउटा फाराम राखिएको र फर्कन चाहनेले अनिवार्यरुपमा सो फाराम भर्नुपर्ने र नाबालकबाहेक प्रत्येक राहदानीवालाले भिन्दाभिन्दै फाराम भर्नुपर्ने र फाराम तोकिएको समयमा सम्बन्धित स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!