काठमाडौं आइतवार सर्वोच्च अदालतको फैसलाबाट पुर्व नेकपा एमाले र पुर्व माओबादी ब्यूतिएपछि सोमवारबाट देशभरका पार्टी कार्यालयबाट ‘नेकपा’ को बोर्ड र झण्डा हटाएर नेकपा एमालेका बोर्ड र झण्डा फहराउने अभियान चलेको छ ।
विराटनगर र हेटौंडामा एकीकरणपछिको झण्डा र बोर्ड हटाएर नेकपा एमालेको झण्डा र बोर्ड राखिएको छ । त्यस्तै विभिन्न जिल्लामा तत्कालीन नेकपा एमालेको कार्यालय रहेका ‘मदन आश्रित भवन’मा फेरि एमालेको झण्डा राख्न थालिएको छ ।
आइतवार नेकपा नाम विवादमा फैसला सुनाउँदै अदालतले पार्टी एकता बदर गर्दै साविकका नेकपा एमाले र माओवादी केन्द्र कायम हुने आदेश गरेको छ ।