हिपमत डटकम

सोमबार, फाल्गुण २४, २०७७ || 563  पटक पढिएको

मोरङ। मोरङको बिराटनगर महानगरपालिका-५ बाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरीको धरान उप-महानगरपालिका-११ का २५ बर्षीय दिपक राई, २७ बर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका-१ का ३४ बर्षीय चौथानन्द राय रहेका छन् ।

को १ ह ६७४८ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरंङबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो साँढे ३ बजे टेम्पोको पछाडी पट्टी सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा रहेको २ केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!