
हे नारी अगाडि बढी रह्नू तिमी,
कुनै सङ्कोच नमानी,
अधिकार मागेर होइन खोसेर लेऊ
हक छ तिम्रो बराबरी ।

हातमा उठाउ कलम तिमी
काखमा बोक किताब
बाहिर निस्क भान्छाकोठाबाट
तिम्रो लागि पनि यो संसार ।
शोसन दमनमा अब नबाँच तिमी
प्रतिकार गर त्यसको
छुने छौ आकाश एकदिन
कोसिस गरेर हेर ।
अगाडि बढाइ राख सधैँ पाइला तिमी
मनमा कुनै डर नराखी
सफलता अवश्य पाउँछौ तिमी
विश्वास गर आफ्नो कर्ममाथि ।
रचनाकार:- प्रजापति दास
सुनवर्षी-६ मोरंग