हिपमत डटकम
तनहुँ , माघ १८ : काठमाडौँ : लोकप्रिय नायिका स्वेता खड्काले कलंकीमा अबस्थित मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको चौंथो शाखा शुभारम्भ गरेकी छिन । सौन्दर्यबिद गिता गिरीले सञ्चालनमा ल्याएको यस पार्लरको चौथो शाखामा नायिका स्वेताले रिबन र केक काटेर शुभाराम्भ गरेकी हुन् । बिगत दुई दशक भन्दा बेसी समय देखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले कलंकीमा नयाँ पार्लर सञ्चालनमा ल्याएकी छन् । गुणस्तर युक्त प्रबिधि, सेवामुलक र सम्पूर्ण सुबिधा सम्पन्न भएको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरमा जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । यसका साथै यस पार्लरमा अन्तराष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था गरिएको छ । ट्रेनिङ्गमा बिद्यार्थीहरुलाई ५०% सम्म छुट गरिएको छ भने काठमाडौँ बाहिर बाट आउने बिद्यार्थीहरुको लागि होस्टलको समेत ब्यबस्था गरिएको छ । मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले अल नेपाल ब्युटिसियन सेमिनार तथा ट्रेनिङ्गहरु समेत गर्दै आएको जानकारी मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरकि अध्यक्ष गीता गिरिले गराएकी छिन । नायिका खड्काले केक काटेर नयाँ शाखा सफलताको शुभकामना दिएकी छिन्। उक्त अबसरमा अतिथिहरुमा संचारकर्मी निर्देशक तथा कलाकार सुर्य चन्द, मोडल समाजसेवी तथा सौन्दर्यकर्मी निकिता पाण्डे लगायतका समाजसेवी, सौन्दर्यकर्मीहरु र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!