आइतवार अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधि सभा बैठक बस्न केही घण्टा मात्र बाँकी रहेको भएपनि दलहरु आ–आफ्नै रणनीति बनाउन व्यस्त रहेका छन् ।

नेकपा दहाल–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा अनौपचारिक छलफल गरिरहेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली समूह बालुवाटारमा छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री ओली आइतवार बिहानैदेखि बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ सहित केही नेताहरूसँग छलफल गरिरहेका छन् । यस अघि शनिवार बसेको संसदीय दलको बैठकमा ओलीले अविश्वासको प्रस्तावलाई डटेर सामना गर्न निर्देशन दिएका थिए ।

त्यस्तै दहाल–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र केही सांसदहरू बिहानैदेखि खुमलटारमा छलफलमा जुटेका छन् । उनीहरु ओलीबाट राजीनामाको आश गर्नुभन्दा ओलीलाई हटाउन रणनीतिक कदम चाल्नु वेश हुने निष्कर्षमा नेताहरू पुगेका छन् । अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि फोनमार्फत संवाद गरिरहेको स्रोतको दाबी छ ।

नेकपा दुबै समूह जस्तै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पनि नेताहरू सकृय भएका छन् । काँग्रेसको रणनीति प्रती सबैको चासो भएपनि कांग्रेसको योजना सार्वजनिक भएको छैन् ।

कांग्रेस बैठकमा तीन विकल्प उठेको छ । आफैंले अविश्वासको प्रस्ताव ल्याउने कि दहल–नेपालले ल्याएको अविश्वासको प्रस्तावमा समर्थन गर्ने या मौन रहने विषयमा नेताहरु छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरूले प्रचण्ड–नेपालले ल्याउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने तर सरकारमा नजाने विकल्प अपनाउन सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् । तर, देउवा आफ्नै नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याउने मूडमा देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!