हिपमत डटकम

आइतबार, आश्विन ०५, २०८२ || 539  पटक पढिएको

केन्टकी (अमेरिका), २० सेप्टेम्बर —नव गायक रुजन सिवाकोटीले आफ्नो नयाँ युगल गीत ‘चञ्चले आँखा…’ को म्यूजिक भिडियो अमेरिकाबाटै सार्वजनिक गरेका छन्। अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका झापा (नेपाल) निवासी रुजनले यो गीतमार्फत औपचारिक रूपमा आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन्।

गीतमा रुजनसँगै लोकप्रिय गायिका मेलिना राई को स्वर सुन्न सकिन्छ। डीपी खनालको रचना, देवेन्द्र बरालको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको गीतलाई कुमार केसीले मिक्सिङ गरेका छन्। गीतको रेकर्डिङ अमेरिकाको बाल्टिमोरस्थित आरएल डिजिटल स्टुडियोमा गरिएको हो, जसका सञ्चालक संगीतकर्मी राजु लामा हुन्।

गीतको म्यूजिक भिडियोमा अभिनेता सुनिल क्षेत्री र नायिका केकी अधिकारीको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ। भिडियोको निर्देशन स्वयं सुनिल क्षेत्रीले गरेका हुन्। भिडियोमा विभिन्न मनमोहक दृश्यहरूसँगै नृत्यलाई विशेष प्राथमिकता दिइएको छ। अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, र अमृत चापागाईंको सम्पादन तथा रंग संयोजन भिडियोमा देख्न सकिन्छ।

रुजनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीत र भिडियो दुबैप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिएको भन्दै उनले खुसी व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!