हिपमत डटकम

आइतबार, फाल्गुण २३, २०७७ || 416  पटक पढिएको

एजेन्सी, २३ फागुन। मङ्गल ग्रहको सतहमा पर्सिभिअरन्स्को यानले आफ्नो पाङ्ग्रा निकालेर पहिलो परीक्षण यात्रा गरेका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्‌को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको हो ।

शुक्रवार पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको बीबीसीले उल्लेख गरेको छ । एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा ओर्लिएको दुई साता पूरा भइसकेको समाचारमा जनाइएको छ ।पर्सिभिअरन्स्‌ले मङ्गल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्ने बताइएको छ । त्यो खोजका लागि यसले मङ्गल ग्रहको एक वर्ष (पृथ्वीको लगभग दुई वर्ष) मा १५ किलोमिटर यात्रा गर्ने अपेक्षा गरिएको छ। यो दुई सातामा वैज्ञानिकहरूले सो यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन्।

वैज्ञानिकहरूले कुनै बेला ठूलो ताल रहेको ठानिएको क्षेत्रमा प्रागऐतिहासिक जीवनको अवशेषको खोजीमा विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास गर्नेछ । तर चट्टानहरू खोतलेर हेर्नु अगाडि पर्सिभिअरन्स्‌ले विभिन्न परीक्षणहरू गर्नेछ।

यस क्रममा त्यसले एउटा सानो हेलिकप्टरको उडान पनि गराउनेछ। आगामी केही साता उक्त यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त स्थानको खोजी गर्ने समाचारमा उल्लेख छ । अहिले सो हेलिकप्टर यानभित्र तलपट्टिको भागमा रहेको छ ।-दृष्टिबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!