पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आइतवार संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्दैछ । बैठकमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश– २०७७ पेश गर्ने सम्भावित कार्यसूची भएपनि बैठक सुचारु हुने/नहुने अन्यौलता रहेको छ ।

गत असार यता प्रतिनिधि सभाको बैठक नबसेका कारण आजको कार्यसूचीमा १४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्न लागिएको हो ।

संसद्को बैठक कसरी चलाउने भनेर कार्यव्यवस्था परामर्श समिति बैठकमा सहमति नभएको भए पनि दलहरूले अधिवेशन आरम्भ मन्तव्य राख्ने तयारी गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि पुनःस्थापित प्रतिनिधि सभा आइतवारदेखि सुचारू हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!