हिपमत डटकम

आइतबार, फाल्गुण २३, २०७७ || 959  पटक पढिएको

आइतवार निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आधिकारिकता विवाद टुंग्याउन छलफल गर्ने भएको छ । नेकपा दहाल–नेपाल समूहले पटकपटक आग्रह गरेपनि आयोगले ठोस निर्णय पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउन गर्न सकेको छैन ।

दहाल–नेपाल समूहले शुक्रबार आयोगलाई ५ पेज लामो ध्यानाकर्षण पत्र बुझाउँदै निर्णयका लागि दवाव दिएको थियो । त्यस क्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार पदाधिकारीको बैठक बसेर पार्टी आधिकारिकताबारे छलफल गर्ने जानकारी दिएका थिए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा विवाद निरुपणबारे आइतबार छलफल हुने भएपनि समय एकिन भैसकेको छैन । उनले यस विवाद बारे पहिला पनि छलफल भएको बताए ।

नेकपाको ओली र दहाल–नेपाल समूहले आफुलाई आधिकारिकता दावी गर्दै नेकपाको मान्यता दिनुपर्ने बताएका छन् । यद्यपी बहुमत केन्द्रीय सदस्य संख्या भने दहाल–नेपाल समूहसँग रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!