काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरेका छन् । साथै एउटै पार्टीमा बनाउन प्रस्ताव गरेका छन् ।

शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ ।
कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव आफूले कोरेकै गोरेटोमा आएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘छिट्टै यस्तो कार्यक्रम (पार्टी समायोजन तथा प्रवेश)मा स्वागत गर्ने प्रतीक्षामा छु ।’

विप्लव अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उनले स्मरण गरे । अहिले आफूले हिँडेकै बाटोमा आएको भन्दै उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्ततः यही लाइन र यही टिममा आउनैपर्छ ।’

अर्का अध्यक्ष माधवकुमार नेपालले पनि विप्लव राजनीतिको मूल प्रवाहमा फर्किएकोमा खुसी व्यक्त गरे । तर कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमा आउन अझै बाँकी रहेको भन्दै उनले भने, हामी उहाँलाई पनि स्वागत गर्नेछौं । र, त्यो दिनको प्रतीक्षामा छौं, जहाँ हामी काँधमा काँध मिलाएर अगाडि बढ्ने छौं ।’अनलाईन खबर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!