हिपमत डटकम

शनिबार, फाल्गुण २२, २०७७ || 737  पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाको संसदीय दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्ने लागेको ओली नेतृत्वको नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यसअघि बैठक संसद भवनको ल्होत्से हलमा भनिएपनि अन्तिम समयमा आएर बालुवाटारमै बैठक राखिएको उनको भनाइ छ ।
प्रचण्ड–नेपाल पक्षका सांसदलाई बैठकमा आउन जानकारी गराइएको उनले बताए । प्रचण्ड–माधव पक्षले भने शुक्रबारै बैठक बसेर दलको नेता प्रचण्डलाई चयन गरेको छ ।

भट्टराईका अनुसार भोलिदेखि शुरु हुने संसद अधिवेशनमा पार्टीको रणनीति र सांसदहरूको भूमिकाबारे छलफल हुने छ । शुक्रबार मात्र नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो । उक्त पक्षले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

यस्तै ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड–नेपाल पक्षको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!