मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा कामहरु सम्पन्न नहुँदा पुराना तथा नयाँ कामहरु थाती रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा दैनिकी कष्टप्रद हुनेछ । माया प्रेममा आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । स्वास्थ्य स्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) एकल तथा साझेदारी व्यावसायबाट थोरै भएपनि नाँफा कमाउन सकिनेछ । साथिभाईहरु बीच मित्रताको बन्धन कसिलो भएर जानेछ भने माया प्रेम नजिक हुन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्ठान्न भोजनका साथ समय कटाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । निर्माण सामाग्री तथा उत्पादनमूखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि न्यायिक निर्णयहरु तपाईँको पक्षमा फैसला नहुन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ईमान्दार तथा परिश्रमी भएर जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो हुनुका साथै घर परिवारमा आफन्तसँगको सम्बन्ध थप प्रगाड बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी तथा व्यापार फस्टाएर जाने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आत्मिय साथि तथा आफन्तसँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेको छ । घरजग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला रुपैया पैसा फस्न सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । तरपनि अध्ययनमा मन जाने तथा सन्तानको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) न्यायिक निर्णयहरु तपाईँको पक्षमा फैसला नहुने हुँदा त्यस्ता विषयमा आज सामेल नहुँदा नै राम्रो रहेकोछ । आट तथा पराक्रम गर्न नसक्दा हातमा आईसकेको काम पनि अरुकै पोल्टोमा पर्नेछ । दाजुभाई तथा छिमेकीसँग मनमुटाव सिर्जना हुनेछ । व्यापारमा लगानी गर्नको लागी केही समय कुर्नुनै उत्तम हुनेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धनभावमा गोचर गर्ने शुभ चन्द्रमाले निर्माण सामाग्री,खाद्यान्न तथा औषधीजन्य समानको कारोबारमा बृद्धि हुने तथा अन्य सामानको व्यापारमा मन्दी आउनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ । प्रविधिको सहयोग लिदै अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक शुखका लागि समय अनुकुल रहनेछ । राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागी समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाती रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । स्वदेशी व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने विदेशमा उत्पादित वस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउनेछ । अन्य काममा व्यास्त रहनाले पढाइ लेखाइमा समय दिन सकिने छैन ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीको व्यापारमा वृद्धि हुने तथा अन्य सामान्यको कारोबारमा सामान्य मन्दी आउनेछ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाँफा कमाउन सकिनेछ । प्रणय सम्बन्ध सुदृड हुने तथा घर परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो भन्दापनि अरुकै कामको लागी दिनभर व्यस्त रहदा आफ्नो काम थाती रहनेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रोकिएका तथा थाती रहेका कामहरु बन्नुका साथै आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । नोकरिमा बढुवा हुने तथा नयाँ काम पाउने अधिक सम्भावना रहेकोछ । अध्ययनमा मन जाने हुनाले खोज तथा अनुशन्धानको क्षेत्रमा नयाँपनको विकास गर्न सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेको छ भने माया प्रेममा आत्मियताको बृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!