हिपमत डटकम

शुक्रबार, फाल्गुण २१, २०७७ || 783  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारी ठगी मुद्दामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले बताए । परिसर काठमाडौंको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ठगेको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । ०७७ मंसिर १९ मा अदालतको फैसलापछि उनि फरार थिए ।

फैसला कार्यान्वयनका लागि उनलाई अदालतमा उपस्थित गरिने एसएसपी सिंहले बताएका छन् । ०७४ असार २२ मा अदालतले १ लाख २८ हजार बिगो ठहर गरेको थियो । सो रकम तिर्न आनाकानी गरेपछि अदालतले फेरि उनलाई जेल सजायका फैसला गरेको थियो ।

सिन्धुलीको घ्याङलेक गाउँपलिका स्थायी घर भएका गौतम मजदुर राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!