हिपमत डटकम
काठमाडौं, माघ १८ : नेपाल आइडलका म्युजिसियन मिलेर नयाँ फ्युजन गीतको भिडियो सार्वजनिक गरेका छन् । राजेश घिमिरेको स्वर रहेको ‘ढल्क्यो जोवन’ बोलको गीत सुत्र टिभिको युट्युब च्यानलबाट रिलिज गरिएको हो । दिपक आरजेको संगीत रहेको गीतको शब्द रचना संगीतकार आरजे र वाईपी जोशीले गरेका छन् ।

विगत लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि संगीत क्षेत्रमा आवद्ध राजेश घिमिरे त्यँहाको नेपाली व्याण्ड ¥याड्स स्टुडियोमा सक्रिय छन् । साथै, उनले त्यँहा आयोजना हुने थुप्रै नेपाली साँगीतिक कार्यक्रमको रोटेपिङ इन्टरटेनमेन्ट मार्फत म्यानेजमेन्टको जिम्मेवारी सम्हालि सकेका छन् ।
गीतको सार्वजनिक भिडियोमा म्युजिसियनहरु आफै देखिएका छन् । गिटारमा देवासिस तामाङ, किबोर्डमा प्रज्वल लामा, ड्रम्समा रुपेश सिंह गुरुङ, सारङ्गीमा मनिष गन्धर्व, क्लासिक भोकलमा किरण पौडेल, बासुरीमा हरिश सिंह र शम्भु बानियाँ देखिएका हुन् ।

मोक्ष प्रोडक्सनमा सम्पादन गरिएको भिडियोमा निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियो यस पिपुल एजुकेशन र भिषा सर्विस प्राउड्लीको प्रस्तुतीमा निर्माण भएको हो ।

https://youtu.be/tYPqiV1PspU

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!