हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 808  पटक पढिएको

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम राज सुवेदीले पछिल्लो समय निर्मलाको घटनासँग सम्बन्धित घटनामा थप सूचनाहरु प्राप्त भइरहेको बताउँदै उहाँले चाँडै दोषी पत्ता लाग्ने विस्वास व्यक्त गर्नुभयो ।

दार्चुला सदरमुकाम खलंगामा जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध नियन्त्रणका लागि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

बैतडीमा भागरथी भट्टको घटना भएको घटनामा स्वयं घटनास्थलमा खटिएर अनुसन्धान गरी अभियुक्त समात्न सफल भएको स्मरण गर्दै प्रहरी नायव महानिरीक्षक सुवेदीले कञ्चनपुरकी निर्मला पन्तको अपराधीसमेत छिट्टै पत्ता लाग्ने बताउनुभयो ।

नेपाली समाजमा अधिकांश अपराधका घटना आफन्तबाटै भइरहेका छन् ।विभिन्न अपराधका ८० प्रतिषत घटनामा नजिकका आफन्तको संलग्नता रहने गरेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तम राज सुवेदीले जानकारी दिनुभयो ।

दार्चुला सदरमुकाम खलंगामा जिल्ला प्रहरी कार्यालय दार्चुलाद्धारा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध नियन्त्रणका लागि सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अपराध तथा विकृति, विसंगति रोकथाम गर्न प्रतेक नागरिक सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

आफूले अनुसन्धान गरेका पाँचसय घटनामध्ये सबैभन्दा बढी १५३ घटनामा श्रीमानले श्रीमतीको ज्यान लिएको पाइएको प्रहरी नायब महानिरीक्षक सुवेदीले जानकारी दिनुभयो । यस्तै श्रीमतीले श्रीमानको ज्या न लि एको घटना ३२ वटा, दाइभाइ र बाबुछोराबीच ५० भन्दा बढी घटना पाइएको उहाँले बताउनुभयो ।

पछिल्लो समय अपराधका घटनाहरु विश्लेषण गर्दा आफन्तबाटै सचेत हुनुपर्ने बेला आएको छ, प्रहरी नायब महानिरीक्षक सुवेदीले भन्नुभयो, ‘पहिले अपरिचित ब्यक्तिबाट घटना हुन्थे तर आजको परिवेशमा ८० प्रतिशत त्यस्ता अापराधिक क्रियाकलापहरु अमानवीय ढंगले आफन्त, चिनेजानेको ब्यक्तिबाटै भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!