बीरेन्द्रकुमार साह

बिहिबार, फाल्गुण २०, २०७७ || 1095  पटक पढिएको

बिराटनगर। नेपाली सिने जगतमा हरेक दिन नयाँ अनुहारको आगमन हुन्छ कसैले आकाश चुम्छ त कसैले निराशा हात पार्छ। कोहि बर्षौसम्म टिक्छ त कोहि पलायन भएर जान्छ। नयाँ पुस्तामा अहिले धेरै नै कलाकारिता जगतमा मोह बढ्दै गएको हामि देख्न सक्छौ । आज भोलि दैनिकी नै सयौको संख्यामा नयाँ कलाकारहरुको प्रवेश हुन्छ। पछिल्लो समय सुनसरी जिल्लाको इटहरीबाट रितु राई नेपाली सिने जगतमा आफ्नो सानो सानो पाईला चाली रहेकी छिन्। रितु बिगत २ बर्षदेखी यस क्षेत्रमा संघर्ष गरिरहेकी छिन्। उनले २ बर्ष अधि पहिलो पटक एउटा गीतको कभर म्युजिक भिडियोमा अभिनय गरेर यस क्षेत्रमा डेब्यु गरेकी थिन् । उनले उक्त म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया पाएकी थिन् ।भिडियो पछि उनलाई धेरै नै अफरहरु आएको रितुले हिपमत डटकम संगको कुराकानीमा बताईन्

अहिले म सुनसरी जिल्ला तथा आसपासको बिभिन्न सांस्कृतिक कार्यक्रम ,महोत्सव तथा कला क्षेत्रसनग सम्बन्धित कार्यक्रमहरुमा सहभागिता जनाईरहेको छु। केहि फेसन शो हरुमा मैले भाग पनि लिएको थिए र दर्शकहरुबाट मैले राम्रो प्रतिक्रिया समेत पाएको छु जसले गर्दा मेरो अझ हौसला बढ्दै गएको छ। केहि म्युजिक भिडियोहरुमा समेत मलाई अभिनय गर्ने अवसरहरु आईरहेको छ प्रस्ताव आएको छ बिस्तारै राम्रो राम्रो गीत अनि राम्रो टिम छनोट गरेर म काम गर्ने सोचमा छु। केहि दिनमा नै मेरो म्यजिक भिडियोहरुको छायांकन सुरु हुदै छ। मैले कला क्षेत्रमा औनाकोलागी धेरै नै मिहनेत गरेको छु र अझै गर्दै पनि छु।

सुरु सुरुमा मलाई यो क्षेत्रमा काम गर्न गर्न निकै नै समस्या भयो तर पछी काम बुझ्दै जादा मान्छेहरु चिन्दै जादा अहिले धेरै नै सहज भएको छ। मनोरन्जनको क्षेत्र अथावा भनौ समग्र कला क्षेत्रमा राम्रो र नराम्रो दुवै प्रकारको मानिसहरु भेटिन्छन् आफुमा भर पर्ने कुरा हो कसको संगत गर्ने भनेर सबै मानिस यहा नराम्रो हुदैन कोहि कोहि धेरै नै राम्रो मानिसहरु पनि मैले पाएको छु जसले हौसला प्रदान गर्नु हुन्छ र आफुले जानेको अनुभव हामीलाई सेयर गर्नु हुन्छ। सानो उमेरमा मेरो एउटा कुशल शिक्षक बन्ने सपना थियो तर उक्त सपनालाई म अब अभिनय बाट नै पुरा गर्दै छु रितुले मुस्कुराउदै भनिन् । नेपाली कला जगतमा एउटा स्थापित नाम बन्ने मेरो अन्तिम सपना हो। यसकोलागी म कडा मिहनेत समेत गर्दै छु । मैले अहिलेसम्म कहिले पनि अभिनय सिकेको छैन तर मलाई लाग्छ अभिनय सिक्न आवस्यक छ। अहिले म आफ्नो अभिनयमा समेत आन्तरिक मिहनेत गर्दै छु।

१९ बर्षीय रितु अहिले कोहि संग पनि प्रेममा नरहेको बताईंन। धेरै जनाले प्रपोज गर्नु हुन्छ तर अहिले मेरो प्रेम गर्ने बेला होइन् अहिले मेरो भबिष्य बनाउने समय हो। अहिले काम गर्ने समय हो। म यस क्षेत्रमा सफल भएपछी राम्रो केटाको प्रश्ताव आयो भने सिधै बिहे गर्ने छु। उनले मुस्कुराउदै भनिन्। मलाई अहिले सम्म माया गर्नु हुने मेरो सम्पूर्ण दर्शक शुभचिन्तकहरुलाई नमन गर्न चाहन्छु तपाईहरुकै माया ममताले हामी कलाकारको हौसला बढ्छ। मैले गरेको कामहरुमा यसरि नै आगामी दिनहरुमा पनि तपाईहरुको सल्लाह सुझाब दिनु होला यसरि नै माया गरिरहनु होला अन्त्यमा मेरो मनको भावना राख्ने अवसर दिनुहुने पत्रकार मित्र बीरेन्द्रकुमार साह तथा हिपमत डटकम परिवारलाई नै म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।

तस्बिरहरु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!