हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 737  पटक पढिएको

जनप्रतिनिधि आएको झन्डै साढे तीन वर्षको अवधिमा विराटनगर महानगरपालिकामा आधा दर्जन प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ ।

पछिल्लोपटक संघीय सरकारले महानगरपालिका सँग समन्वय नै नगरी प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलको सरुवा गरेको छ  । पोखरेल महानगरपालिकामा आएको १० महिनामै सरुवा भएर ऊर्जा मन्त्रालयमा सारिएको हो । उनको ठाउँमा स्थानीय विकास मन्त्रालयबाट उमेशकुमार बस्नेत आउने भएका छन । स्थानीय निर्वाचनको समयमा प्रमुख प्रशासकीय अधिकृत रहेका दीपक कोइराला जनप्रतिनिधि आएको तीन महिनामा सरुवा भएका थिए । त्यसपछि क्रमशः प्रदीप निरौला ६ महिना, कुमार दहाल ८ महिना, एकदेव अधिकारी १० महिना र इन्द्रमणि पोखरेल करिब १० महिना सम्म मात्रै महानगरपालिकामा बसेका छन् । अब आउने उमेशकुमार बस्नेत कति महिना बस्ने सबैको चासोको विषय बनेको हो । कुमार दाहाल बसेको करिब आठ महिनामा उनी र मेयर भीम पराजुलीबीच विवादले विकासका योजना सञ्चालन हुन सकेको थिएन । विवादै विवादका बीच दाहालको सरुवा भएको थियो । दाहाल पछि विराटनगरकै बासिन्दा एकदेव अधिकारी आएका थिए । अधिकारीको कार्यकालमा विकासे योजना गति लिई रहेकै बेला उनको सरुवा भएको थियो । त्यस पछि इन्द्रमणि पोखरेलको आग्मन भयो । पोखरेल आएलगत्तै कोरोना महामारी सुरु भयो । कोरोना त्रास न्यून हुँदै गएपछि पोखरेलले विकास–निर्माण कार्यलाई अगाडि बढाएका थिए तर उनको पनि सरुवा भयो । पोखरेल प्रधानमन्त्री पार्क निर्माण, महानगर प्रवेशद्वार, आकाशे पुल निर्माण, वीरेन्द्र सभागृहको मर्मत र बजेट निर्माणका गृहकार्य गर्दै थिए । संघीय सरकारले कांग्रेस र कम्युनिस्ट छुट्याएर व्यवहार गरेको महानगरको आरोप रहेको छ  । महानगरको विकास कार्यलाई प्रभावित पार्न तीन वर्षमा ६–६ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी मेयर भीम पराजुलीलाई असफल बनाउन षडयन्त्र गरिएको उनका पक्षधरहरुको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!