हिपमत डटकम
काठमाडौं, माघ १८ : नेपाल सरकारले प्रशोधित पाम आयलको प्रतिबन्ध खुलाउने पहल जारी राखेको छ । प्रतिबन्ध खुलाउन आग्रहसहित भारतलाई पत्र पठाएको केही दिनमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारसँग पनि छलफल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगडसहित मन्त्रालयका प्रतिनिधिले बुधवार कार्यवाहक राजदूतसँग प्रतिबन्ध खुलाउने पहल गरिदिन अनुरोध गरेका हुन् । आर्थिक अभियानसँग कुरा गर्दै राज्यमन्त्री मोती दुगडले पाम आयलको प्रतिबन्ध खुलाउन भारतीय कार्यवाहक राजदूतसँग आग्रह गरिएको पुष्टि गरे । वार्तामा भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाललाई परेको असर र भारतमा पनि परेको प्रभावबारे राजदूत समक्ष जानकारी गराइएको थियो । पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि भारतमा पनि यसको मूल्यवृद्धि हुुँदै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!