हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 501  पटक पढिएको

आज देशभरका अदालतहरु बन्द हुने भएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक व्यक्त गर्दै देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

पूर्वप्रधानन्यायाधीश सिंहको अस्ति निधन भएको थियो । २०५२ सालको असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त हुनुभएका उहाँले २०५३ फागुन ३ गतेसम्म कार्यभार सम्हाल्नुभएको थियो । यसैबीच, आज अदालत बन्द हुने भएसँगै नेकपा नामको विवादमा फैसला आउने मिति पनि पछि सरेको छ ।

यसअघि गएको बिहीबार सर्वोच्च अदालतले आज नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नाममा दर्ता भएको थियो ।

तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो । यसबारेको विवादको फैसला आज सुनाउने सर्वोच्च अदालतले तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!