हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 1144  पटक पढिएको

काठमाडौंको कोटेश्वरमा अनौठो घटना भएको छ । श्रीमानले सहकारीमा तिर्नुपर्ने ऋणको पैसा तिरेकै दिन उनकै श्रीमतीले सहकारीको दराज फोडेर पैसा चोरेकी छन् । श्रीमती सहकारीको लेखापाल हुन् । कोटेश्वर स्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थामा यस्तो घटना भएको हो ।

लेखापाल रहेकी सावित्री सुवेदीले श्रीमान कपिल खड्काको सहयोगमा सहकारी लु’टपा’ट गरेकी हुन् । उनीहरु दुवै जनालई प्रहरीले पक्राउ गरेको छ । उनले श्रीमानसँग मिलेर सहकारीको १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ लु’टेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

गत माघ २५ गते साँझ ५ बजेपछि र २६ गते बिहान ७ बजेभित्र रकम चोरीएको हुनसक्ने कर्मचारीको भनाई छ । तर कर्मचारीले भने २६ गते बिहान कार्यालय पुगेपछि मात्रै थाहा पाएका थिए। कार्यालय खुल्लै रहेको र भित्र रहेको दराजको साँचो पनि खोलिएको देखेपछि घटनावारे प्रहरीलाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!