हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 612  पटक पढिएको

सिरहामा पूर्वपश्चिम राजमार्गको स्तरोन्नति कार्यले तीव्रता पाएको छ ।

राजमार्गमा बढ्दो सवारी चापलाई दृष्टिगत पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ६ र ४ लेनको सडक निर्माण गर्न लागिएको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट सिरहाको कमला नदीसम्मको सडकलाई ४ र ६ लेनमा स्तरोन्नति गर्ने काम अघि बढाइएको कञ्चनपुर–कमला सडक आयोजनाले जनाएको छ ।

सडक स्तरोन्नतिअन्तर्गत पहिलो चरणमा सिरहाको लहान नगरपालिका–११ बाट धनगढीमाई नगरपालिकासम्म सडकमा काम तीव्ररूपमा अघि बढ्दा सिरहावासी खुशी छन् ।

‘साँघुरो सडकमा सवारी साधनको चाप बढ्दै जाँदा दैनिक सवारी दुर्घटना बढी हुने गरेको छ,’ सिरहाको लहान नगरपालिका–११ का राजेन्द्र चौधरीले भने, ‘सडक विस्तारपछि सवारी दुर्घटनामा कमी आउँछ र सडक पनि फराकिलो हुन्छ ।’

सडक विस्तारले पूर्व–पश्चिम राजमार्गमा हुने सवारी जाम समेत घट्ने उनको विश्वास छ । हाल २ लेनको र पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति कार्यअन्तर्गत बजार क्षेत्रमा ६ लेन र बाहिर क्षेत्रमा ४ लेनको सडक निर्माण गरिने कञ्चनपुर–कमला सडक आयोजना सिरहाका इञ्जिनीयर मनोजकुमार मण्डलले जानकारी दिए ।

पूर्व सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८७ किलो मिटरको सडक स्तरोन्नति गर्न चिनियाँ रेल्बे नम्बर–२ इञ्जिनीयर ग्रूप कम्पनी लिमिटेडलाई ठेक्का दिएको हो । आगामी ३ वर्षभित्र एशिएन हाइवे स्तरको निर्माण सम्पन्न गरिने सो सडक निर्माणका लागि नेपाल सरकार र चिनियाँ रेल्बे नम्बर–२ इञ्जिनीयर ग्रूपबीच सन् २०२० जुन २५ मा सम्झौता भएको थियो ।

सम्झौता भएसँगै निर्माण तीव्ररूपमा अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । सडक स्तरोन्नति अन्तर्गत ५४ नयाँ पुल र सिरहाको लहान तथा मिर्चैयामा गरी दुई स्थानमा आकाशे पुलसमेत निर्माण गरिने इञ्जिनीयर मण्डलले बताए । यसका साथै विभिन्न ८ स्थानमा अण्डरपास समेत बनाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!