हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 433  पटक पढिएको

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउन काँग्रेसले एउटा पक्षलाई साथ दिनुपर्ने बताएका छन् । सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘नेकपा फुटाउन काँग्रेसले एउटा पक्षलाई साथ दिनैपर्छ । यसबारे पार्टीले निर्णय गर्न बाँकी छ । नेकपा फुट्छ भने हामीले प्रचण्ड–माधव पक्षसँग सहकार्य गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत प्रस्ताव हो ।’

यद्यपि संसदमा पार्टीले निर्वाह गर्ने भूमिका र भावी सत्ता सहकार्यबारे पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए । नेकपा विवादका कारण मुलुक अनिर्णयको बन्दी बनिरहन नसक्ने उनको भनाइ छ । ‘नेकपामा देखिएको विवादको निकास नआउँदा मुलुक नै अनिर्णयमा परेको छ । मुलुकलाई निकास दिन नेकपा फुट्नैपर्छ’ कोइरालाले भने । उनले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पार्टीभित्र छलफल भइरहेको पनि जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!