हिपमत डटकम

बिहिबार, फाल्गुण २०, २०७७ || 620  पटक पढिएको

भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक भयानक घटना भएको छ । एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टाउको काटेर प्रहरी कार्यालय पुगेका छन् । छोरीको काटिएको टाउकोसहित थाना पुगेर उनले प्रहरी समक्ष आफूले हत्या गरेको बताएका हुन् । त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि पश्चातप नदेखिएको प्रहरीले जनाएको छ ।

उनले छोरीलाई एक केटासँग आपत्तिजनक अवस्थामा फेला परेकाले हत्या गरिदिएको बयान दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनलाई प्रहरीले हिरासतमा राखेको छ । छोरीको काटिएको टाउको उनले कुनै कपडाले नढाकीकन खुलै लगेका थिए । जसको संवेदनाहीन कर्मको तस्बिर भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!