हिपमत डटकम

बुधबार, फाल्गुण १९, २०७७ || 393  पटक पढिएको

चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरिबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरिएको छ ।

जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग निःशुल्क चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरिबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका हुन् । यात्राका लागि आवश्यक खर्च युसाकाले तिर्ने हुँदा सबै सहभागीको यात्रा निःशुल्क हुने बताइएको छ । उनले ट्वीटरमा एक भिडियो सेयर गर्दै छनौट प्रक्रियाको केही विवरणसमेत दिएका छन् ।

उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । युसाकाका अनुसार जुनसुकै काममा भए पनि अन्य मानिस र समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्ने र त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यलाई पनि सहयोग गर्न इच्छुक हुनुपर्ने मापदण्ड आवेदकले पूरा गर्नुपर्ने हुन्छ ।

आफूले सबै सिटहरू किनिसकेको हुँदा उक्त यात्रा निजी हुने उनको भनाइ छ । यसअघि उनले कलाकारलाई आमन्त्रण गर्न चाहेको बताएका थिए । तर यात्रामा समावेश हुन विश्वभरका मानिसहरूलाई मौका दिइने उनको भनाइ छ । उक्त यात्रा इलोन मस्कको स्पेस एक्स रकेटमा हुनेछ । डियरमुन नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ । यो मिसन सन् १९७२ पछिको मानवको पहिलो चन्द्रमा यात्रा हुनेछ ।

सन् २०१८ मा एलन मस्कको स्वामित्वको कम्पनी स्पेस एक्सले चन्द्रमाको परिक्रमा यात्रामा लैजाने पहिलो निजी यात्रुको रुपमा माएजावाको नाम छानेको थियो । यसकै लागि गत वर्ष उक्त यात्रामा आफूसँग जानका लागि प्रेमिकाको पनि खोजी गरेका थिए तर पछि उनले त्यो योजनालाई रद्द गरे । अन्तरिक्षमा जानका लागि माएजावाले कति रकम तिरेको भन्ने खुलाइएको छैन । तर, एलन मस्कका अनुसार उनले तिरेको रकम धेरै ठूलो रकम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!