बुधवार नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा सांसद जनार्दन शर्माले सांसदहरुबीच सामूहिक छलफलको आवश्यकता औल्याउँदै सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा अघि सारेका छन् । उनले सचिवालय सदस्यहरुबाहेक सांसदहरुबीच सामूहिक छलफलको आवश्यकत्ता बेरा आफ्नो धारणा अघि सारेका हुन् ।

उनले सामाजिक सञ्जालमा – “नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एंवम पदीय झगडाका रुपमा आआफ्ना बुझाइ रहेका छन । जे भएपनी जननिर्वाचित संसद समेत भंग हुने अवस्था सम्म पुग्नु हामी सबैका लागी दुर्भाग्यपूर्ण अवस्था हो । जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपुर्ण निर्णय बाट संसदको पुनःस्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफै प्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ ।
जनमतको सम्मान र आपनो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्ने बारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरि आवश्यक निष्कर्षका लागी पहल गर्ने कुराको महसुस गरि पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्ररुपले छलफल गर्न माननीयहरुमा हार्दिक अपिल गर्दछु । यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउद छु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ ।” लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!