बुधवार विहान काठमाडौंमा सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समुहका सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ नेतृत्वको टोलीबीच सो वार्ता सम्पन्न भएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले वार्ता सकारात्मक दिशाउन्मुख रहेको ट्वीटर मार्फत जानकारी दिएका छन् ।
भट्टराईले ट्विटरमा ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,’ लेखेका छन् ।