सुनबर्षी। मोरङको सुनबर्षी नगरपालिका वडा नम्बर ८ का बडा अध्यक्ष नुरुल मियाले दाेहाेराे नागरिता लिएको भन्दै वडा सदस्य हरु द्वारा संयुक्तरूपमा पत्रकार सम्मेलन काे आयोजना गर्दे सार्वजनिक गरेका छन । उनिहरुले भारतीय आधार काड ७०५४९२०३५५७०क भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड भेटिएका छन । उक्त आधार कार्ड मा 1979 /1/1 जन्म मिति लेखिएको भेटिएको छ । भारतीय आघार कार्डमा २०३५ पुस १७ गते जन्म मिति देखिन्छ तर नेपाली नागरिकता मा भने नुरुल काे जन्म २०३६ बैशाख २० गते लेखिएको छ । उक्त नागरिकता ६११८ नम्बर काे र जारी मिति २०५५ असार ५ गते भएको पाईएकाे छ । आधार कार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खाता समेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९)मा एटिएम समेत लिएका छन् । उनलेे बैंकमा ९०६५६८८१९८ नं.को भारतीय सम्पर्क नं. राखेका छन् । सो बैंक खातामा नुरुलको ठेगाना मातारा मिया सोनापुर वडा नं. ८ अररिया देखिन्छ ।

यता नेपालमा पनि नुरुल मियाको नाममा वंशजकै नागरिकता रहेको छ । उनले वंशज काे नागरिकता लिएको देखिएकाे छ । आधार कार्डको आधारमा भारतीय बैंकहरुमा खाता खोलेर एटीएम, भारतबाटै सिम कार्ड निकालेर प्रयोग गर्दै आएका छन । उनि हरुले
स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहरुकै सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरमा नुरुल मियाको दोहोरो नागरिकता बारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरी हालेका थिए । नुरुलले भारतको नागरिकताबाट त्यहाँको सुबिधा प्रयोग गर्दै नेपाली नागरिक हुँ भन्दै झुटो विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै नेपाली नागरिकता ऐन २०६३ दफा १० अनुसार नेपाली नागरिकता बद्दर गरी ऐनको दफा २१ बमोजिम कारबाही गर्न माग गरिएको छ । वडा अध्यक्ष ले जनता आवास लगायतको कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरु पयोग अनुसन्धान आयोगमा मुद्धा समेत गरेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सोही वडाका वडा सदस्य कन्याँ मिया, कन्हैया लाल गन्गाई , दुखिया ऋिषिदेव र शिला देवी गन्गाई ले संयुक्तरूपमा कार्वाही काे लागि आवहान गरेका छन । बडा अध्यक्ष ले प्रधानमन्त्री जनता आवास कार्यक्रम अनुसार सुनबर्षी–८ मा ५६ वटा घर निर्माण हुनुपर्ने थियो । तर, त्यहाँ हालसम्म १४ वटा मात्र घर बनेको त्यो पनि नक्सा र स्टीमेट अनुसारको नबनेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धनकुटा र सम्पर्क कार्यालय इटहरीमा उजुरी हालेका छन । जनता आवास कार्यक्रम अनुसारको घर निर्माण गर्न वडा अध्यक्ष नुरुल मियाकै संयोजकत्वमा उपभोक्ता समिति गठन भएको अख्तियारलाई बुझाएको उजुरी पत्रमा उल्लेख छ ।

निर्माण भएको १४ वटा घर पनि नक्सा अनुसारका नबनेको, स्टीमेटमा घरको जग २२ फुटको भएपनि २० फुटमा मात्र बनाइएको, पीसीसी, डीपीसी योजना अनुसार नभएको, इँटा, सिमेन्ट कमसल प्रयोग गरेको, रड स्टीमेटको भन्दा सानो प्रयोग भएको भन्दै तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ । स्टीमेट र निर्माण भएको घर हेर्दा प्रत्येक घरमा एक लाख बढी भ्रष्ट्राचार भएको पत्रमा दाबि गरिएको छ ।
वडामा हुने सम्पूर्ण योजना वडा सदस्यहरुसँग समन्वय नगरि आफूखुसी गर्ने र नगरपालिकाबाट अनुगमनमा आउँदा आफूहरुलाई समस्य पर्ने गरेको वडा सदस्य कन्हा मियाँले बताए । बिकास निर्माणहरुमा वडामा एउटा निर्माण हुन्छ अध्यक्ष नुरुलले अर्के काम गर्ने आफू अनुकुल उपभोक्ता समिति बनाएर अर्कै काम गर्ने गरेको वडा सदस्य कन्हौलाल गन्गाईले बताए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय धनकुटामा फागुन ७ गते उजुरी परेको हो । नुरुलले भारतीय नागरिकता बोकेर नेपालको जनप्रतिनिधि (वडा अध्यक्ष) भएर कसैको कुरा नसुन्ने, जथाभाबि अख्तियार दुरुपयोग गर्नुको साथै भ्रष्ट्राचार गरेको रकम भारतीय बैंकमा खोलिएको खाताहरुमा राख्ने गरेकोले तत्काल कारबाही हुनुपर्ने वडा सदस्यहरुको माग राखेका छन ।

प्रमाणहरु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!