हिपमत डटकम

मंगलबार, फाल्गुण १८, २०७७ || 681  पटक पढिएको

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेकपा नेपाल–दहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई आवश्यक परे नेकपा सुरक्षा दिन तयार रहेको बताएका छन् ।

मंगलवार विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्री सयौँ सुरक्षाकर्मीको घेरामा रहँदा पनि आफूलाई असुरक्षित महसुस गरेको हो भने नेकपा सुरक्षा प्रदान गर्न तयार रहेको बताएका छन् ।

उनले देश र जनताको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने प्रधानमन्त्री आफै असुरक्षित भएको महसुस गर्नु भएको हो भने आफ्नो दल सुरक्षा दिन तयार रहेको बताएका हुन् ।

कम्युनिस्ट नेता भरतमोहन अधिकारीको स्मृति सभामा भाग लिन विराटनगर आएका नेपालले ओली समूहका नेता कार्यकर्ता आफ्नो समूहमा आए आपूmहरु स्वागत गर्न तयार रहेको बताए ।

उनले संसद् अधिवेशनसँगै वर्तमान राजनीतिक गतिरोध अन्त्य हुने भन्दै प्रतिगमनको विरोधमा रहेका प्रमुख तीन दलसंग मिलेर नयाँ सरकार गठन गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!