
मंगलवर रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा ओली र प्रचण्ड–नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । काडमाडौँको प्रदर्शनीमार्गस्थित रहेको सो क्याम्पसमा दुबै पक्षका विद्यार्थीहरु बीच झडप भएको छ ।

प्रचण्ड–नेपाल समूह निकटका विद्यार्थी नेताहरुले मंगलवार विहान क्याम्पस हाताभित्र सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातेपछि विवाद उत्पन्न भएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँ एसएसपी अशोक सिंहका अनुसार झडपमा संलग्न प्रचण्ड–नेपाल पक्षका नेताहरूलाई नियन्त्रणमा लिइएको र दुवै पक्षका विद्यार्थी नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।