हिपमत डटकम

मंगलबार, फाल्गुण १८, २०७७ || 746  पटक पढिएको

शेरबहादुर परियार, पोल्याण्ड । पोल्याण्डमा सन् २०१८ डिसेम्बर २६ मा नेपाली व्यवसायीको हत्या गर्ने २ भारतीयलाई यहाँको अदालतले दोषी ठहर गरेको छ।

नेपाली व्यवसायी ३७ वर्षीय इश्वर श्रेष्ठलाई आफ्नै एभरेष्ट रेस्टुरेन्टमा काम गर्ने दुई भारतीय नागरिकले हत्या गरेको प्रहरी अनुसन्धानले प्रमाणित गरेको छ । वारसास्थित प्रागा जिल्ला अदालत समक्ष हत्याको आरोप स्वीकारेपछि अदालतले उनीहरूलाई क्रमश: १० वर्ष र ८ वर्षको जेल सजाय सुनाएको हो।

कामदार र मालिक बिच भएको आन्तरिक बिबादका कारण श्रेष्ठलाई ती दुई भारतीयले गलबन्दीले घाटीमा बेरेर हत्या गरेको र हत्या पछि स्वयं श्रेष्ठको टाेयाटा कारमा शव राखेका थिए। प्रहरीले श्रेष्ठको शव ३ दिन पछि सन् २०१८ को डिसेम्बर २९ तारिख स्थानीयको सहयोगमा फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!