हिपमत डटकम

मंगलबार, फाल्गुण १८, २०७७ || 693  पटक पढिएको

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बिहान ९ बजेदेखि सरकारी निवास लैनचौरमा भेटवार्ता थाल्नुभएको छ । सर्वोच्च अदालतको आदेशपछि विघटित प्रतिनिधिसभाको अधिवेशन आगामी आइतबारदेखि शुरु हुँदैछ ।

प्रधानमन्त्रीको राजीनामादेखि उहाँविरुद्धको अविश्वास प्रस्तावलगायतका विषयमा छलफल हुने ठानिएको संसदको आगामी बैठकलाई राजनीतिक रूपले निकै महत्वका साथ हेरिएको छ ।

सोही सन्दर्भमा भएको सभामुख सापकोटा र नेकपा अध्यक्ष दाहालबीचको भेटलाई निकै अर्थपूर्ण ठानिएको छ । भेटमा नेकपा (बहुमत) का स्थायी समिति सदस्य जनार्दन शर्मासमेत सहभागी हुनुहुन्छ ।

सभामुखको सरकारी निवास पछिल्लो वर्षदेखि बेलायती र भारतीय दूतावासको बीचमा रहेको छ । सभामुख कृष्णबहादुर महराको निलम्बनपछि रिक्त रहेको बालुवाटारस्थित निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्न गएसङ्गै गत वर्ष सभामुख चुनिएका सापकोटालाई सरकारले यसअघि काठमाडौं महानगरपालिकाका मेयरको निवास रहेको सरकारी भवनमा बस्ने प्रबन्ध मिलाएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!