हिपमत डटकम

सोमबार, फाल्गुण १७, २०७७ || 544  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिकाकाे स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्यले चार दिने तालिम सुरु भएको छ।

निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकासका लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु हाे । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको छ । तालिम रंगेलीमा रहेको मेलिना गेष्ट हाउसमा उक्त तालिमकाे आयोजना गरिएको छ । साे कार्यक्रम दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा माेरङकाे ६ पालिकाकाे रंगेली ,बेलबारी, कटहरी, ग्रामथान,केराबारी र लेटाङमा साे तालिमकाे आयोजना गरिएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश बिकले बताए ।

रंगेली नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधि हरुलाई तालिममा सहभागी रहेको छन । कार्यक्रम काे उद्घाटनमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले मैनबत्ति बालेर उद्घाटन समेत गरेका थिए । उनलेे भने हरेक तालिममा भत्ताकाे लाेभमा गर्ने र भत्ता पाउने थाहा पाएपछि टाठा बाठालेे मात्रै तालिम बारम्बार लिदै आईरहेकाे तर तालिम पछि त्यसकाे सदुपयोग नगर्ने गरेको समेत बताए । यसरी महिला जनप्रतिनिधिहरु लाई तालिमकाे आयाेजना गरेकाेमा आयाेजक लाई धन्यवाद समेत दिएका छन । उनलेे भने तालिममा क्षमता बिकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि, अध्ययनले मात्र सफल नेतृत्व संभव हुने र असल गुणहरुको बिकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्न आवश्यक रहेको समेत बताए । तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिब उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेल र निलम ढुङ्गगानाले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!