प्रदेश १ को राजधानी विराटनगरमा समाजवादी ट्रेड युनियन महासंघको एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय राजनीतिक अवस्थामा संगठनलाई मजबुतिका साथ कसरी अगाडी बढाउने विषयमा सो प्रशिक्षण दिइएको हो । पार्टी तथा मजदुर संगठनको विस्तार देखि लिएर संगठनको आवश्यकता, प्रभावकारिता तथा समाजिक सुरक्षाको विषयमा प्रशिक्षकहरुले नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

मो. नसरुलको अध्यक्षतामा भएको सो प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी रहनु भएका जसपाका केन्द्रिय सदस्य पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य युवराज कार्की, पर्शुराम वस्नेत, प्रदेश १का संसद माननीय जयराम यादव सहितका नेताहरुले प्रशिक्षण दिएको थियो ।

कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष लालध्वज नेवाङ्ग, सल्लाहकार समितिका अध्यक्ष भुवराज राई, केन्द्रिय सह–अध्यक्ष जोगिलाल यादव सहित तेजलालकर्ण, अर्जुन लम्साल, रिमबहादुर बस्याल, भोगन्द्र यादव, राजेशकुमार यादव, अनिल लामा कुमार कोइराल, देवनारायण यादव लागयतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!