रबिन्द्र बराल

सोमबार, फाल्गुण १७, २०७७ || 518  पटक पढिएको

सोमवार ईलाका प्रहरी कार्यालय रंगेलीले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका १६ थान मोवाईल फेला पारेको छ ।
बिगत एक महिना अगाडि देखि मोबाइल हराएका व्यक्तिहरुले आइएमई नम्बर रंगेली प्रहरीलाई जिम्मा लगाएका थिए । प्रहरीले हराएका मोवाइल खेजतालस शुरुगरेपछि धमाधम ती मोवाइलहरु फेला परेको थियो ।
रंगेली प्रहरीले मोवाइलकै लागि अलग डेस्क स्थापना गरी हराएको मोवाईलहरु खोज तलास गर्न थालेको प्रहरीले जनाएको छ ।

विगत ५ महिना देखि मेघराज अधिकारीको मोवाइल हराएको थियो । उनले मोवाइल भेट्ने आश समेत छोडि़ सकेको थिए । तर, प्रहरीले उनको मोबाइल खोजिदिएकोमा अधिकारीले प्रहरीलाई धन्यवाद दिए ।
रंगेली प्रहरीको सकृयतामा मो. इस्लाम मिया, मो.नईम मिया, गोपाल मुर्मु, रंजित मण्डल, अजय कुमार साह, रामदेव मण्डल, पुनम राजवंशी, मेघराज अधिकारी, जसुलाल गंगाई, विश्व कुमार राजवंशी, प्रकास कुमार मण्डल, मनिस हेम्ब्रम, कविता राजबंशी, बिजेता प्रधान र सुमन हेम्ब्रम लाई हराएको मोवाईल फिर्ता गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!