हिपमत डटकम

सोमबार, फाल्गुण १७, २०७७ || 764  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यदेखि सांसदहरु समेतलाई हटाइदिने चेतावनी दिएका छन् । उनले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने भन्दै अहिलेसम्म आफूले देव गुरुङबाहेक कसैलाई नहटाएको र आवश्यक परे सबैलाई हटाइदिन सक्ने चेतावनी दिएका छन् ।

सोमबार पोखरामा आफू पक्षीय नेकपाको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टी एकताका क्रममा आफूले सबैलाई भागबण्डाको आधारमा नियुक्ति दिएकाले ती सबैलाई ‘नियुक्ति गर्नेले हटाउन पनि सक्ने’ बताए ।

उनले पार्टी कब्जा गर्ने, आन्दोलन बिगार्ने र देशमा कम्फर्टेबल सरकार बनाउन प्रचण्ड नेपाल लागिपरेको भन्दै उनीहरुले देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको आक्रोश पोखे । ओलीले अल्पमत र बहुमतको कुनै हिसाव नगरी पार्टी एकताका बेलामा प्रचण्ड–नेपाल समूहलाई भाग दिएको दावी समेत गरे ।

भेलालाई सम्बोधन गर्दै ओलीले नेकपा प्रचण्ड–नेपाल समूहको चर्को आलोचना गर्दै, प्रचण्ड–नेपाल समूहले कारबाहीको जेजति ‘तमासा’ गरेपनि आफू पार्टीमा आधिकारिक रहेको भन्दै विधिवत् रुपमा अध्यक्ष र संसदीय दलको नेता फेर्न समेत चुनौति दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!