प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओली विरुद्ध नयाँ समीकरण अनुसार अविश्वासको प्रस्ताव अघि बढ्ने भएका छन् । यस अघि प्रतिनिधि सभा विघटन भएकै दिन पौष ५ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो ।
९० जना सांसदको हस्ताक्षरमा संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि नबढाउने निष्कर्षमा पुगेको छ । भावी प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ’प्रचण्ड’लाई प्रस्ताव गर्दै दर्ता गरिएको अविश्वासको प्रस्तावलाई फिर्ता लिएर नयाँ समीकरणअनुसार प्रचण्ड–नेपाल समूह अघि बढ्ने भएको छ ।
संसद विघटनपछि दर्ता भएको अविश्वासको प्रस्तावको कानूनी वैधतामा प्रश्न उठ्ने देखिएपछि प्रचण्ड–नेपाल समूहले नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएको हो । गत फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गर्दै सर्वोच्च अदालतले विघटनपछिको अवधिलाई शून्य समय मानेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान गरिएको फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशनको पहिलो दिनमै प्रधानमन्त्री ओलीले तत्काल अधिवेशन अन्त्य गरिदिन सक्ने संशय उत्पन्न भएकोले यो समूहले नयाँ अविश्वासको प्रस्ताव दर्ता गराउन अघि बढ्ेको छ ।