
भागरथी बलात्कार–हत्या अनुसन्धान अन्तिम चरणमा पुगेको छ । बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका १६ वर्षीय किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् ।

डिएसपी अधिकारीले ‘प्राविधिक जाँच गर्नुपर्ने सबै कुरा ल्याबमा पठाएको छौं, अब हामी अनुसन्धानको अन्तिम चरणमा पुग्यौं ।’ बताएका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको माघ २१ मा हत्या भएको थियो भने हत्यामा संलग्न आरोपीलाई प्रहरीले फाल्गुण ४ मा पक्राउ गरेको थियो ।