हिपमत डटकम

सोमबार, फाल्गुण १७, २०७७ || 395  पटक पढिएको

मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् ।

सोमवार विहान मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संविधानको धारा ९३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ ।


सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!