मोरङको उर्लाबारी–५ घर भएका प्रविण बाँस्तोला हत्या सम्बन्धमा छानविन गर्न गठित समितीले छानविन सकेको छ । डिएसपी मानबहादुर राईको नेतृत्वको समितिले सोमबार छानविन सकेर प्रतिवेदन बुझाएको छ ।

मृतकका आफन्तले अनुसन्धानमा प्रश्न उठाएर आन्दोलन गरेपछि गठित समितिले प्रविणको मिसिलमा ‘फरक ब्यक्तिको फोटो परेको’ निष्कर्ष निकालेको छ ।

पीडितकी बहिनी सदिक्षा बाँस्तोलाले प्रहरीले तयार गरेको मिसिलमा फरक ब्यक्तिको फोटो राखेको दाबी गरेकी थिइन् । समितीले फोटो फरक पर्नुलाई ‘मानविय त्रुटी’ भनेको छ ।  पुस ५ मा अनुसन्धान शुरु गर्दा प्रहरीले बाँस्तोलाको फोटो खिचेको थियो । उर्लाबारीमा त्यहिबेला करेन्ट लागेर अर्को ब्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘फोटो प्रिन्ट गरेर अन्तिम समयमा मिसिलमा राख्ने बेलामा एउटा फोटोचाहिँ फरक मान्छेको परेको देखिन्छ’ मोरङका एसपी सन्तोष खड्काले भने–‘दुईवटा पेजमा बाँस्तोलाको र एउटा फोटोचाहिँ करेन्ट लागेको मान्छे परेको देखिन्छ ।’

ईलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेलले सो घटनाको अनुसन्धान गरेका थिए ।  शुरु अनुसन्धानमा अन्य त्रुटी नदेखिएको दाबी गर्दै एसपी खड्काले भने– ‘काम गर्दा मानवीय त्रुटी हुन्छ, अनुसन्धानमा संलग्न अधिकृतले तत्काल गलत फोटो हटाएर मिसिल पेश गरेको देखिन्छ ।’

पुस ४ मा साथिको डेरामा सुतेका प्रविणको राती हत्या भएको थियो । भोलिपल्ट अस्पताल लगेपछि डाक्टरले उनलाई मृत घोषण गरे । पोष्टमार्टबाट ‘निसास्सिएर मृत्यु’ भएको रिपोर्ट आएको छ । भिसेरा परीक्षण गर्दा विष खुवाएको पुष्टि भएको छैन् ।

प्रहरीले सरकारी वकिल कार्यालयमा ‘बाँस्तोलालाई कर्तब्य गरेर हत्या गरेको हुनाले हदैसम्मको कारवाही हुनुपर्छ’ भन्ने राय सहितको प्रतिवेदन बुझाएको थियो ।  ‘तात्विक हिसावले घटनामा नै बद्लाव आउने गरी अनुसन्धानमा कमजोरी गरेको देखिएन’ एसपी खड्का भन्छन्– ‘एउटै समयमा दुईवटा घटना भएको हुनाले मिसिल बुझाउनुअघि असान्दर्भीक ब्यक्तिको फोटो पर्न गएको हो, अनुसन्धानमा कमजोरी छैन् ।’

सिरकले नाक–मुख थुनेको निष्कर्ष

बाँस्तोलाले मदिरा पिएको हुनाले उनी बल गर्न सक्ने अवस्थामा थिएनन् । विवाद भएपछि नाक र मुक थुनेर उनको हत्या गरिएको प्रहरीको निष्कर्ष छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा भनिएको छ–नाक र मुख थुनेर कर्तब्य गरेको देखिन्छ ।’ (साभारःरातोपाटी)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!