काठमाडौं । काठमाडौंको साँखु घर भएकी १८ वर्षीया किशोरीले एकाघरका पुरुषबाट आफू बलात्कृत भएको भन्दै सहयोगको याचना गरेकी छिन् । सामाजिक संजाल (फेसबुक)मा लामो स्ट्याटस लेखेर उनले आफ्नै काकाले बलात्कार गरेको आरोप लगाएकी छिन् ।

एक वर्ष पहिले आफ्नै काकाले दुई पटक बलात्कार गरेको आरोप लगाउँदै उनले भनेकी छिन्, ‘उसले मलाई त्यसबारे कसैलाई नभन्न धम्की दिएको थियो तर, बुबालाई भनेँ, उहाँले पारिवारिक कुरा भएको हुनाले बाहिर नभन्न भन्नुभो ।’

बलात्कार आरोपीले अहिले फिनल्यान्डमा रहेको र आफूलाई पनि त्यही लैजान खोजेको पीडितले बताएकी छिन् ।

सामाजिक संजालमा सो कुरा सार्वजनिक गरेपछि आफ्नो ज्यान खतरामा रहेको उल्लेख गर्दै उनले आफूलाई घर बाहिर निकाल्न आग्रह गरेकी छिन् । संजालमा प्रहरीकहाँ जाहेरी दिन आग्रह गरेर थुप्रै कमेन्ट गरिएका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । रातोपटीबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!