शुक्रबार, माघ १७, २०७६ || 951  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , माघ १७ गते ।सन् २००३ मा फैलिएको एसएआरएस भाइरसले विश्वको अर्थ व्यवस्थालाई ठूलो धक्का पुगेको थियो । सो भाइरसबाट करिब ४० अर्ब डलरको क्षति भएको विज्ञहरु बताउँछन् । तत्काल नयाँ किसिमको भाइरसले चीन त्रसित भएको छ । नयाँ कोरोना भाइरसबाट चीनमा मूत्यु हुनेको संख्या २१३ पुगेको जनाइएको छ ।

भाइरसबाट करिब दश हजार मानिस चीनमा प्रभावित छन् । मूत्यु भन्दा पनि यस भाइरसले विश्वको अर्थतन्त्रनै डामाडोल हुने अवस्था छ । सन् २००३ मा फैलिएको एसएआरएस भाइरस भन्दा कोरोना भाइरसले विश्वको अर्थ तन्त्रलाई चार गुणा बढी असर पर्न सक्ने विज्ञहरुको अनुमान रहेको छ । चीन निरन्तर रुपमा अर्थ व्यवस्थालाई सुदृढ बनाउन गरी १७ वर्षदेखि लागिपरेको छ ।

चीनसंगै विश्वको अर्थतन्त्रलाई ठूलो धक्का पुग्नेछ । नयाँ कारोना भाइरसले हङकङ, दक्षिण कोरिया, भेतनाम जस्ता मूलुकहरु निकै प्रभावित समेत हुनेछ । एसएआरस भाइरस सन् २००२ देखि २००३ सम्ममा करिब आठ हजार जना संक्रमित भएका थिए भने नयाँ कोराना भाइरसबाट दूई महिनामै करिब दश हजार जना प्रभावित भएको तथ्यांकले देखाउँछ । जुन देशमा महामारीविज्ञानको कमि छ त्याँहा सो भाइरस पत्ता लागेमा यसले ठूलो क्षति पुर्याउने जनाइएको छ । उक्त भाइरस के बाट सरेको भन्ने विषयमा अझै अन्यौल रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!