शनिबार, फाल्गुण १५, २०७७ || 465  पटक पढिएको

छ वर्ष पश्चात साहित्यकार लक्ष्मण नेवटियाको लघुकथासङ्ग्रह यो जोसँग सम्बन्धित छ विमोचन भएको छ । लघुकथा समाज प्रदेश १ द्वारा आयोजित एक कार्यक्रममा सो कथासङ्ग्रह विमोचन भएको हो । सो कथा सङ्ग्रह २०७१ सालमा प्रकाशन भएको थियो ।

जयराम नेवटिया सेवा कोषद्वारा प्रकाशन भएको यो जोसँग सम्बन्धित छ कथासङ्ग्रहमा ६४ वटा कथाहरु रहेका छन् । विमोचन समारोहका प्रमुख अतिथि समेत रहनु भएका लघुकथा समाजका केन्द्रिय अध्यक्ष वरिष्ठ साहित्यकार ओम श्रेष्ठ रोदने सो कथासङ्ग्रहको समालोचना गर्दै कथाकारको साहित्य संघर्ष यात्राबारे चर्चा समेत गरेका थिए ।

सो कार्यक्रममा लघुकथा समाजका पदाधिकारी सदस्य सहित वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदि, साहित्यकार विवश पोखरेल, गंगा सुवेदी, कविराज न्यौपाने, भागिरथी श्रेष्ठ, मधु पोखरेल, गायत्री कुमार चापागाई, शिवनारायण पण्डित, कर्ण संजय लागायतको उपस्थिती थियो ।

यस अघि नेवटियाको “लक्ष्मणका कुतकती” (हास्यव्यङ्ग्य कवितासङ्ग्रह नेपाली), “समाज के गीत”, “अमृत–गीता”(श्रीमद्भागवतगीताको हिन्दीमा काव्यानुवाद), “थोपा–थोपा जिन्दगी” (हाइकुसङ्ग्रह) प्रकाशित भई सकेको छ । साहित्यकार नेपाली, हिन्दी, राजस्थानी भाषामा निरन्तर साहित्य सृजना गरि रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!