हिपमत डटकम

शनिबार, फाल्गुण १५, २०७७ || 719  पटक पढिएको

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको ‘रुमाल’ बोलको गीत सार्वजनिक भएको छ । सो गीत गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वरमा शुक्रबार सार्बजनिक भएको हो ।

गीतको म्युजिक भिडियोमा अभिनय पल शाह र गरिमा शर्माले गरेका छन् । सो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन् ।

यो गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने स्मृति शाही र पुष्पा बोहराले गीतमा समुह गायन गरी साथ दिएका छन् । प्रिजम डिजिटलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा अमर सुनारले असिस्टेन्ट कोरियोग्राफी गरेका छन् । श्याम मल्ल र अनिता ग्वाछाको श्रृंगार रहेको भिडियोलाई साई भिजनले पोस्ट प्रोडक्सन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!