हिपमत डटकम

शनिबार, फाल्गुण १५, २०७७ || 499  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रधानमन्त्री केपी ओली र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एउटै प्रवृत्तिका व्यक्ति भएको आरोप लगाएका छन् । प्रचण्ड–नेपाल पक्षको गुल्मी जिल्ला पार्टीले शनिबार सदरमुकाममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री बरालले यस्तो आरोप लगाएको हुन्।

‘नेपालको कम्युनिस्ट आन्दोलनभित्र थुप्रै विकृति विसङ्गति र अवसरवादहरू छन् । त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको छ । अमेरिकामा ट्रम्पदेखि नेपालमा ओलीसम्म एउटै संस्कृति र प्रवृत्तिका व्यक्ति हुन्’, मन्त्री बरालले भने ।

पशुपतिनाथको मन्दिरमा साधारण व्यक्तिले क्षमा पूजा गर्दा ३५ लाख खर्च गर्नुपर्छ तर ओलीले सित्तैमा क्षमा पूजा गरेको टिप्पणी गर्दै उनले ‘ठिकै छ अब उहाँले गर्ने पूजा नै हो । तर पशुपतिमा मात्र गरेको पूजाले पुगेन हाम्रो गाउँको दिब्रुङ देउरालीमा आएर पूजा गरेको भए सायद सर्वोच्चले उहाँले गरेको संसद विघटन सदर गर्थ्यो कि’ भन्दै व्यङ्ग्य गरे।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!