एजेन्सी – दक्षिण अफ्रिकाको पिक एन पे सुपरमार्केटमा एक महिलाले गरेको हर्कतले धेरैलाई अचम्मित तुल्याएको छ। बिना मास्क सुपरमार्गेकमा सामान किन्न गएकी एक महिलालाई बिना मास्क प्रवेश गर्न नदिइएपछि उनले आफ्नो भित्रै वस्त्र फुकालेर मास्क बनाइन् र प्रयोग गरिन्।

भित्रि बस्त्र खोल्दै गरेको उनको भिडियो क्यामेरामा कैद भएको छ। भित्री वस्त्र खोल्दै गरेको र त्यसलाई मास्कको रुपमा लगाएको भिडियो इन्टरनेटमा भाइरल भएको छ। भिडियो हेरेपछि ती महिलालाई धेरैले गाली गरेका छन्।

समाचार एजेन्सीका अनुसार ती महिलालाई सुरक्षा गार्डले अनुहार छोप्न आग्रह गरेका थिए तर, महिलाले आफूसँग मास्क नभएको बताएकी थिइन्। गार्डले बिना मास्क भित्र जान नपाउने जानकारी दिएपछि उनले आफ्नो भित्री वस्त्र निकालेर मास्कको रुपमा प्रयोग गरेकी हुन्। कोरोना भाइरस संक्रमणका कारण सुपरमार्केटहरुमा मास्क अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!