हिपमत डटकम

शनिबार, फाल्गुण १५, २०७७ || 506  पटक पढिएको

नेकपा अध्यक्ष पुष्पकमल दाहालले छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको बताएका छन्।

उनले विश्व कम्युनिष्ट आन्दोलनमा वर्ग संघर्ष चलिरहने भन्दै उनले प्रधानमन्त्री केपी ओली अर्को वर्गमा पतन भएको बताए।

‘केपी ओली हाम्रो वर्गमा रहेनन्,’ शिक्षक संगठनको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै दाहालले भने।

पार्टीभित्रैबाट वर्ग उत्थान भएका व्यक्ति पनि विपरीत ध्रुवका एजेन्ट भएर आफ्नो वर्गलाई धोका दिइरहेको पनि उनले बताए। विश्व कम्युनिष्ट आन्दोलनमा यस्ता व्यक्तिले ठूला-ठूला प्रतिगमनलाई साथ दिएको दाहालले बताए।

यही प्रवृत्ति नेपालमा लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने र कम्युनिष्ट आन्दोलनलाई नै कालो पोत्ने, धब्बा लगाउने गरी आश्चर्यजनक रुपमा देखा परेको उनले बताए।

दाहालले सहमति को सँग गर्ने नगर्ने भन्ने व्यक्तिगत विचारको कुरा हो भन्दै पार्टी भनेको विधि र पद्दति भएको बताए। ‘मलाई इन्टरभ्यूमा पार्टी एकता हुन्छ कि भनेर सोधियो, विचार मिल्यो भने एकता हुन्छ, नभए हुँदैन,’ दाहालले भने।

हिजो पनि विचारकै सन्दर्भमा मूलभूत रूपमा ‍सहमति भएको दाहालले बताए।

‘विचार भावना सबै एकै ठाउँमा रहँदारहँदै किन दुई पार्टी बन्नुपरो भनी मैले नै एकता प्रस्ताव राखेको हो। अनुहार हेरेर एकता भएको हैन,’ उनले भने, ‘शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धानबाट जाने भनेर एकता भएको हो।’

उनले बहुमतको निर्णयअनुसार व्यक्ति संगठनको मातहत हुने लेनिनवादी सिद्धान्तमा आधारित भएर ओलीसँग सहमति गरिएको पनि बताए।

‘हामीले एमालेको इतिहासको पनि गौरबशाली भूमिका भनेर हामीले मानेका छौं। उच्च मूल्यांकन गरेका छौं। कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन एमालेको भूमिका छ,’ उनले भने, ‘केपीले र मैले नै हस्ताक्षर गरेका हौं। राजनीतिक प्रतिवेदन र विधान पारित गर्‍यौं। त्यसको आधारमा भएको एकता हो। लिडरसिपको पनि कुरा थियो, आलोपालो अध्यक्ष र आलोपालो प्रधानमन्त्री पनि भन्ने पनि थियो।’

उनले अबको बाटो भनेको समाजवादउन्मुख जनताको बहुदलीय जनवाद भनेर हस्ताक्षर पनि दुबैले गरेको भन्दै उनले अहिले जबज त हामी हो अर्को त माओवादी भन्दै ओलीले झुट र बेइमानी गरिरहेको बताए। ‘यसको राजनीतिक प्रमाण हामीसँग छ, सहमति लागू नगर्ने, राजनीतिक प्रतिवेदनको कुरा लागू नगर्ने, उहाँ त एक्लै आइम द स्टेट, श्री ३ महाराजजस्तै,’ दाहालले भने।

‘हिजोको एमाले कहाँ छ, माओवादी कहाँ छ भन्दा अहिले नेकपामा,’ दाहालले भने, ‘यदि हिजोको एमालेलाई ओलीले सोधेको हो भने माधवकुमार नेपाल यहीँ हुनुहुन्छ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!