हिपमत डटकम

शनिबार, फाल्गुण १५, २०७७ || 511  पटक पढिएको

परम्परागत रुपमा रहेको पञ्चायती प्रथा अहिलेसम्म हट्न नसक्दा तराई मधेसमा विभिन्न किसिमका घटनाहरु निम्तिने गरेको छ । पञ्चायतीकै कारण ५ हजार रुपैयाँ जरिवाना तोकिएपछि एक महिलाले आत्महत्या गरेको खबर बाहिरिएको छ ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित देउरी बस्ने रामजीवन यादवकी पत्नी ३६ वर्षीया विनिता देवी यादवले अर्काको खेतमा रहेको साग टिपेको विषयमा गाउँमा पञ्चायती भएको थियो । सोबारे पञ्चायतीले बिनितालाई ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । सो जरिवाना उनले तिर्न नसकेपछि आत्महत्या नै गरेकी हुन् ।

गत बिहीबार दिउँसो सोही ठाउँ बस्ने सुमित्रा देवी यादव र बबिता यादवसँग विनिता यादव गाउँको छेउमै रहेको खेतमा घाँस काट्न गएकी थिइन् । घाँस काट्न गएकी बिनिताले अर्काको खेतमा साग टिपेको उनीमाथि आरोप लागेको थियो ।

त्यसपछि वडाध्यक्ष अमित यादवको अगुवाइमा गाउँमा पञ्चायती बसी घाँस काट्न गएका सबै महिलाहरुलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय तत्कालै सुनाइएको थियो ।
एक स्थानीयले बताए अनुसार घाँस काट्न गएकी महिलाहरूमाथि साग टिपेको आरोप लगाउँदै कुटपिट भएपनि कुटपिटबारे कुनै छलफल नगरी एकाएक जरिवाना सुनाइएको थियो ।
पञ्चायतले जरिवाना तोकेपछि घर फर्केकी बिनिताले सामाजिक रुपमै आफूलाई अपमान गरेको भन्दै सो सहन नसकेर आत्महत्या गरेको आफन्तजनको भनाइ छ ।

शुक्रबार दिउँसो बबिता घरभित्रै पंखामा सल बाँधेर पासो लगाई झुन्डिएको अवस्थामा फेला फेला परेको थिइन् ।

यस घटना विषयमा थप अनुसन्धान भईरहेको धनुषाका प्रवक्ता प्रहरी तथा नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनले प्रारम्भिक अनुसन्धानबाट पञ्चायतले महिलालाई ५ हजार रुपैयाँ तिर्न भनेको निर्णय अनुसार तिर्न नसक्दा आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको बताए । सो घटनाले अहिले गाउँमा भागाभाग छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!