हिपमत डटकम

बिहिबार, फाल्गुण १३, २०७७ || 628  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जनता समाजवादी पार्टीका नेताहरूलाई मिलेर जान प्रस्ताव गरेका छन्।

बिहीबार नेकपा कार्यालय पेरिसडाँडामा भएको छलफलका क्रममा प्रचण्ड-नेपालले जसपा नेताहरूलाई मिलेर जान प्रस्ताव गरेका हुन्।

छलफलमा नेकपाबाट प्रचण्ड र नेपाल सहभागी थिए भने जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

छलफलमा सहभागी जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले प्रचण्ड-नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमन सच्चिएकाले अब मिलेर जान प्रस्ताव गरेको बताए।

‘उहाँहरूले प्रतिगमन सच्चियो अब मिलेर जाऔं भन्नुभयो,’ महतोले भने,‘हामीले ओलीले गरेको एउटा प्रतिगमन त सच्चियो तर संविधान जारी भएका बेला भएको प्रतिगमन सच्चिएको छैन भन्यौं।’

उनले आफूहरू संविधान जारी भएका बेलाको भएको प्रतिगमन पनि सच्याउने आन्दोलनमा रहेको बताए।

‘हाम्रो लडाइँ त जारी छ भन्यौं,’ उनले भने।

प्रचण्ड-नेपालले सरकारमा पनि सहकार्य गर्न प्रस्ताव गरेका थिए। जसपा नेताहरूले भने नेकपा नै आधिकारिक रूपमा विभाजित नभएकाले अन्यौल भएको बताएका थिए।

जसपा नेताहरूले सरकार बनाउनका लागि आफूहरूभन्दा पनि नेपाली कांग्रेस ठूलो पार्टी भएकाले उसैसँग सहकार्य गर्नु राम्रो हुने बताएका थिए।

प्रचण्ड-नेपालले नेकपाको मूलधार आफू नै भएकाले अहिलेको अन्यौल केही समयमै हट्ने आश्वासन दिएका थिए।

सरकारमा सहकार्य गर्न पनि आफ्ना केही मुद्दाहरू रहेको बताएका थिए।

‘हाम्रा नेताहरू अझै जेलमा छन्। सरकारका जान त उनीहरू पनि छुट्नुपर्‍यो नि,’ भनेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!