हिपमत डटकम
तनहुँ , माघ १७ गते ।सोमबहादुर सुनार उमेरले अहिले ५२ बर्षका भए । उनको घर तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. ४ लोही गाउँमा पर्छ जहाँ गत सोमबार ११ बर्षका इसाक सुनारलाई चितुवाले ज्यान लिएको थियो । करिब २२ बर्षको उमेरमा सोमबहादुर हिंस्रक बाघ (चितुवा)संग लडेको बताउँछन् । गाउँमा सुँगुर लगेपछि गाउँलेहरु खोज्न थाले । सोमबहादुरले नजिकै बाघ देखे र ढुंगाले प्रहार गरे । ढुंगा बाघको ढाडमा लाग्यो र रिसले चुर हुँदै बाघ धेरैमाथी (चलनचल्तीमा १२ हात उफ्रन्छ भनिन्छ) उफ्रियो र सोमबहादुरलाई आक्रमण गर्न लाग्यो । सोमबहादुरले बाघका दुबै पञ्जा समाते र मुखले टोक्नबाट जोगाए । २२ बर्षको लक्का जवानले पनि त्यो बेला बाघलाई पछार्न हाम्य हाम्य परेको उनी स्मरण गर्छन् । धेरैबेरै सोमबहादुर र बाघको लडाई भयो अरु साथीहरुले हेरेको हेरै भए, केही बोल्न तथा गर्न पनि सकेनन् । पछि सोमबहादुरले बाघलाई तल्लो बारीमा पछारेपछि बाघ करायो र भाग्यो उनी भने बेहोस् भए । होसमा आउँदा उनी डुम्रेको अस्पतालमा थिए । फेरी उक्त लोही गाउँमै चितुवा (बाघ) ले मान्छे खाएको छ, अझै पनि बाघ फेला पारे पछार्ने मात्र होईन मारेरै छाड्ने सोमबहादुरको धोको छ । हेर्नुहोस् उनी सोमबहादुर संग गरिएको कुराकानी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!